१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

सामाजिक संजालमार्फत् धार्मिक सहिष्णुतामा खलल पुर्‍याउने कार्य गरेमा कडा कारवाही गर्ने बाँके प्रहरीको चेतावनी



नेपालगन्ज । भारतका केही शहरहरुमा धार्मिक भड्कावका घटना देखिएसँगै बाँके प्रहरीले धार्मिक र साम्प्रदायिक भावनामा खलल पुग्ने कार्य गरे कारवाही गर्ने चेतावनी दिएको छ । बाँके प्रहरीले सामाजिक संजालमार्फत् धार्मिक सहिष्णुतामा खलल पुर्‍याउने कार्य भइरहेको भन्दै त्यस्ता कार्यमा प्रहरीले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले सोमवार सन्देश जारी गर्दै धार्मिक तथा साम्प्रदायिक भावनामा खलल पुर्‍याउने किसिमका लेखरचना, ब्याङ्ग्यात्मक चित्रण जस्ता गतिविधिहरु सामाजिक संजालमा सम्प्रेषण नगर्न आम नागरिकमा आग्रह गरेको छ । ‘हाल विभिन्न सामाजिक संजालहरुमा धार्मिक सहिष्णुतामा खलल पुर्‍याउने किसिमका लेखरचना, ब्याङ्ग्यात्मक चित्रण जस्ता गतिविधिहरु पोष्ट तथा शेयर गर्ने क्रियाकलाप बढ्दोक्रममा देखिएकाले त्यस्ता कार्य नगर्न अनुरोध गरिन्छ ।’ प्रहरीले सन्देशमा उल्लेख गरेको छ ।

प्रहरीले धार्मिक तथा साम्प्रदायिक भावनामा खलल पुर्‍याउने किसिमका लेखरचना, ब्याङ्ग्यात्मक चित्रण जस्ता गतिविधि सामाजिक संजालमा सम्प्रेषण गरेको पाइएमा मुलुकी अपराध संहिता २०७४ परिच्छेद ९ को दफा १५६ को उपदफा २(१) बमोजिम कारवाही गर्ने चेतावनी दिएको छ । सो संहितामा धार्मिक तथा साम्प्रदायिक भावनामा खलल पुर्‍याउने किसिमका कार्य गरेको ठहर भएमा दुई वर्षसम्म कैद र २० हजारसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  २ : ३० बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’