४ पुस २०८२, शुक्रबार | December 19, 2025

ट्र्याक्टरको ठक्करबाट बालकको मृत्यु



विर्तामोड । झापाको गौरादहमा ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

गौरादह-१ स्थित सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ त ७४३१ नंको ट्र्याक्टरले स्थानीय ९ वर्षीय गौरव अधिकारीलाई ठक्कर दिएको हो ।

ट्रयाक्टरको ठक्करबाट उनी गम्भीर घाइते भएका थिए । उनलाई दमक अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ठक्कर दिने सवारी चालक झापाको कमल गाउँपालिका–१ का २६ वर्षीय विनोद चौधरीलाई गौरादह प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  ७ : १९ बजे

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता