२४ बैशाख २०८१, सोमबार | May 7, 2024

एसपीपी अमेरिकाको इन्डोप्यासिफिक रणनीतिको अङ्ग हो : मसाल



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले संघीय संसदले एमसीसी सम्झौता पारित गरेपछि अमेरिकाले नेपाललाई क्रमशः आफ्नो सैन्य क्याम्पमा लैजानका लागि प्रयत्न बढाउँदै लगेको दाबी गरेको छ ।

महामन्त्री मोहनविक्रम सिंहले वक्तव्य जारी गर्दै गरी अमेरिकाले स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) का लागि बारम्बार सरकारमाथि दबाब दिन थालेको बनाएका हुन् । ‘त्यसबाट एमसीसी को मुख्य उद्देश्य नेपाललाई अमेरिकी सैन्य क्याम्पमा लैजानु नै हो भन्ने कुरा झन् पछि झन् छर्लग हुँदै गइरहेको छ,’ वक्तव्यमा भनिएको छ ।

एसपीपी अमेरिकाको इन्डोप्यासिफिक रणनीतिको अङ्ग रहेको दाबी गर्दै मसालले त्यसलाई स्वीकार गरेपछि नेपाल प्रत्यक्ष रूपले नै इन्डोप्यासिफिक रणनीतिमा सामेल हुनु हुने बताएको छ । ‘त्यसको परिणामस्वरुप नेपालको असंलग्न परराष्ट्र नीति समाप्त हुनेछ र नेपाल पूरै नै अमेरिकी सैन्य क्याम्पमा सामेल हुनेछ,’ वक्तव्यमा भनिएको छ, ‘अमेरिकी गतिविधिलाई मसालले गम्भीर रूपमा लिन्छ र त्यसका विरुद्ध कडा आवाज उठाउनुपर्ने आवश्यकतामा जोड दिन्छ।’

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  ७ : ४५ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,