१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

बजेटअघि आयात गरिएका “बीवाईडी” गाडीबारे साइमेक्सको स्पष्टिकरण, ‘सबै प्रक्रिया कानुनअनुसार’

काठमाडौं । नेपालमा “बीवाईडी” विद्युतीय सवारीसाधनको आधिकारिक वितरक साइमेक्स इन्क प्रालिले आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनुअघि आयात गरिएका विद्युतीय सवारीसाधनबारे सञ्चारमाध्यम र सार्वजनिक वृत्तमा उठेका प्रश्नप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । कम्पनीले सोमबार जारी गरेको तथ्यगत स्पष्टिकरणमा नेपालमा भित्रिएका तथा भन्सार जाँचपास भएका सबै विद्युतीय सवारीसाधन प्रचलित कानुन, भन्सार नियमावली तथा निर्धारित…