बुटवल । सैनामैनाका व्यापारी, व्यवसायी तथा उद्यमीहरुले करको दायरा बढाउनुका साथै करदातामा प्रोत्साहन जगाउने खालका कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छन् । सैनामैना व्यापार संघको आयोजनामा करदाता शिक्षा, राजस्वका प्रावधान र तीन तहका सरकारका सम्बन्धित निकायको भूमिका विषयक एक दिने प्रशिक्षण तथा अन्तरक्रियामा सहभागी सैनामैनाका अगुवा व्यवसायीहरुले कर तिरे पनि त्यसको सदुपयोग भए, नभएको जानकारी…