२९ मंसिर २०८१, शनिबार | December 14, 2024

सैनामैनाका उद्योगी ब्यवसायीको सुझाव-‘करको दायरा बढाउ, करदाताको सम्मान गर’



बुटवल । सैनामैनाका व्यापारी, व्यवसायी तथा उद्यमीहरुले करको दायरा बढाउनुका साथै करदातामा प्रोत्साहन जगाउने खालका कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छन् । सैनामैना व्यापार संघको आयोजनामा करदाता शिक्षा, राजस्वका प्रावधान र तीन तहका सरकारका सम्बन्धित निकायको भूमिका विषयक एक दिने प्रशिक्षण तथा अन्तरक्रियामा सहभागी सैनामैनाका अगुवा व्यवसायीहरुले कर तिरे पनि त्यसको सदुपयोग भए, नभएको जानकारी नहुने र कर तिर्नका लागि समेत सास्ती भोग्नु परेको गुनासो गरे ।

उनीहरुले करदातामा प्रोत्साहन जगाउने खालका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । अन्तरक्रियात्मक प्रशिक्षणमा सहभागी व्यवसायीहरुले करको दर बढाउने भन्दा पनि दायरा बढाएर करदातामा प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रमको उदघाटन गर्दै सैनामैना नगरपालिकाका उपप्रमुख बिना रानाले राज्यले बनाएका विभिन्न नीति नियमहरु, तीन तहका सरकार र तोकिएका विभिन्न शिर्षकका करहरु, राजस्वका अनेक प्रावधानहरुका बारेमा जानकारी गराउने कार्यक्रम राखेर व्यापार संघले राम्रो सन्देश दिएको बताइन् । उनले सैनामैना नगर सरकारले स्थानीय व्यापार र वाणिज्य क्षेत्रको विकास र विस्तार गरेर आम नगरबासीको दैनिक क्रियाकलापलाई सहज बनाउन उत्प्रेरणा दिएको बताइन् । सरकारले राजस्व बढाउन उद्योगी र व्यवसायीलाई उत्साहित गराउन जरुरी रहेको उल्लेख गर्दै उपप्रमुख रानाले करका प्रावधानलाई सिर्जनशील र व्यावहारिक बनाइने प्रतिबद्धता जनाइन् ।

सैनामैनामा वस्तुको विक्री वितरण मात्रै होइन, सेवामूलक व्यवसायदेखि उत्पादनमूलक क्षेत्रका व्यवसाय समेत सञ्चालनमा रहेको र तिनै व्यापारी तथा व्यवसायी र उद्यमीहरुलाई एकै ठाउँमा भेला पारेर कर तथ राजस्वका बारेमा प्रशिक्षण सञ्चालन गरिएको सैनामैना व्यापार संघका अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिए ।

ससना किराना पसलदेखि आफैले मालसामान उत्पादन गरेर विक्रीवितरण गर्नेसम्मका व्यवसायी र उद्यमीहरु सैनामैनामै रहेको र करका अनेक प्रवधानका बारेमा सबैमा स्पष्ट जानकारी समेत नहुने भएकाले सम्बन्धित कार्यालयलका विषय विज्ञहरुमार्फत नै प्रशिक्षण सञ्चालन गरिएको अध्यक्ष पौडेलले बताए । सैनामैना व्यापार संघको अगुवाई र अरु सम्बद्ध संस्थाहरुसंगको समेत सहकार्यमा सैनामैनाको आर्थिक क्रियाकलापमा सघन बनाउने साझा उद्देश्य रहेको उनले बताए ।

करका दर कम गर्ने र करको दायरा बढाउनेतर्फ तीनै तहका सरकारले ध्यान दिनुपर्छ भन्ने हामी सैनामैनाका उद्यमी, व्यवसायीहरुको साझा माग रहेको संघका वरिष्ठ उपाध्यक्ष देवीदत्त सुवेदीले बताए ।

उक्त कार्यक्रममा आन्तरिक राजस्व कार्यालय बुटवलका कर अधिकृतहरु खडानन्द खरेल, प्रकाश गौतम, राजस्व अनुसन्धान कार्यालय बुटवलका अधिकृत दिपेन्द्र श्रेष्ठ, सैनामैना नगरपालिकाका कर अधिकृत शिवलाल घिमिरे र राजस्व शाखाका कर्मचारी सुजन भण्डारीलगायतले करका विभिन्न प्रावधान र राजस्वका क्षेत्रहरुका बारेमा सहजीकरण गराउनुका साथै कर र राजस्वका अलग अलग विषयमा प्रशिक्षण दिएका थिए ।

व्यापार संघले सैनामैनामा रहेका साना, मझौला, ठूला व्यवसायी एवम् उद्यमीहरुलाई एकै ठाउँमा भेला गरेर कर, राजस्व तथा तिनका क्षेत्र र प्रावधानका बारेमा सम्बन्धित विषय विज्ञहरुमार्फत प्रशिक्षण सञ्चालन गरेको हो ।

प्रकाशित मिति : १२ भदौ २०८१, बुधबार  ९ : ३१ बजे

पत्रकार महासंघ बाँकेको अध्यक्षमा सत्ता गठबन्धनका नवीन गिरी बहुमत सहित विजयी

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको निर्वाचनबाट सत्ता गठबन्धनको

प्रधानसेनापति सिग्देलद्वारा भारतीय अधिकृत क्याडेटको कवाज निरीक्षण

काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति अशोकराज सिग्देल आज

राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली आवश्यक : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मुलुकमा राजनीतिक स्थायित्वका लागि

प्रसन्न श्रेष्ठको स्मृतिमा खस्यौली फुटसल प्रतियोगिता सुरु

बुटवल । फुटबल खेल र खेलाडीहरुको विकास गर्ने उद्देश्यका साथ

जनताले मनमनै फैसला गरिसके, जनताको पक्षमा लड्ने पार्टी माओवादी नै हो : अध्यक्ष प्रचण्ड

बुटवल । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले