काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा लगाइँदै आएको कर घटाउने निर्णय गरेको छ । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बढुले पेट्रोलियम पदार्थमा लगाईंदै आएको कर घटाउने निर्णय भएको जनाकारी गराएका छन् । पेट्रोलियम पदार्थको मूल्य अत्याधिक बढ्दै गएपछि त्यसमा लगाईंदै आएको कर घटाएर उपभोक्तालाई राहत दिन यही जेठ १० गतेको मन्त्रिपरिषद् बैठकमा…