३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

पेट्रोल र डिजेलमा मूल्य घटेपछि अब अन्य वस्तु र सेवाको पनि घट्नुपर्छ : उद्योगमन्त्री बडू



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले विभिन्न वस्तु तथा सेवामा भएको मूल्यवृद्धिको सरकारले अनुगमन गर्ने बताएका छन् ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिदैँ मन्त्री बडूले असार १२ गतेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर १९९ रुपैयाँ बाट २० रुपैयाँ घटाई १७९ रुपैयाँ र डिजेलमा प्रतिलिटर १९२ रुपैयाँबाट २९ रुपैयाँ घटाई १६३ रुपैयाँ मूल्य कायम गरिएको बताए । बडूले पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्य वस्तु र सेवामा पनि मूल्य घटनु आवश्यक रहेको जिकिर गरे । उनले बजारमा विभिन्न वस्तु तथा सेवाको मूल्य घटे, नघटेको सन्दर्भमा विषयगत मन्त्रालय र नियामक निकायहरुले आ–आफनो क्षेत्रबाट र संयुक्त रुपमा अनुगमन गर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।

बडूले भने, ‘संसदको दुवै सदनमा माननीयज्यूहरुले व्यक्त गरेका विचार, प्रधानमन्त्रीज्यूको चासो र निर्देशन तथा सत्ता गठबन्धनका नेतृत्व समेतको छलफलको सुझावको आधारमा नेपाल सरकारले पेट्रोल र डिजेलमा विगतदेखि लगाइ आइरहेको करमा पुनः भारी कटौती गर्ने निर्णय गरेको छ । सोही आधारमा नेपाल आयल निगम सञ्चालक समितिले आजै मिति २०७९ असार १२ गतेदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोलमा १९९ बाट रु. २० घटाई रु. १७९ र डिजेलमा प्रतिलिटर रु. १९२ बाट रु. २९ घटाई रु. १६३ मुल्य कायम गरेको छ । नेपाल सरकारले कर घटाउने गरी गरेको निर्णय र नेपाल आयल निगमले आजैदेखि लागू हुनेगरी मूल्य घटाउने निर्णय गरेपश्चात सर्वसाधारण उपभोक्ता, विद्यार्थी वर्ग तथा आम नागरिकलाई मुल्यवृद्धिबाट परेको समस्यामा अवश्यपनि केही राहत मिल्ने विश्वास सरकारले लिएको छ । पेट्रोलियम पद्धार्थको मुल्य घटेपश्चात अन्य वस्तु तथा सेवामा पनि मुल्य घटनु आवश्यक छ । यसको लागि विषयगत मन्त्रालय र नियामक निकायहरुले आ–आफनो क्षेत्रबाट तथा संयुक्त रुपमा सघन अनुगमन गर्ने व्यवस्था मिलाइएको छ । यो अनुगमन कार्यमा दुवै सदनका माननीय सदस्यज्यूहरु, सरकारी निकाय, स्थानीय प्रशासन, प्रदेश सरकार, स्थानीय तहका सरकारहरु, निजी क्षेत्र, नागरिक समाज र मिडियाको सक्रिय र सकारात्मक सहयोगको समेत अपेक्षा सरकारले गरेको छ ।’

मन्त्री बडूले सरकार जनताको हित र चासोप्रति सधैँ संवेदनशील रहेको स्पष्ट पारे ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ४ : ३२ बजे

कृत्रिम पोखरी निर्माणपछि घट्यो मानव–वन्यजन्तु द्वन्द्व

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जद्वारा निर्माण गरिएका कृत्रिम पोखरीका कारण

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण,

बालुवामा पुरिएर मजदुरको मृत्यु

दाङ । एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु

आर्थिक तथा प्राविधिक अभाव हुँदा करोडौँका डायलासिस मसिन प्रयोगविहीन

नवलपरासी । भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोडौँ मूल्यका

नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ललितपुरको नक्खु कारारागारबाट फरार भएका