तनहुँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले कोरोनाका कारण उद्योग व्यवसाय सञ्चालन गर्न समस्या भइरहेको बताएका छन् । ओमिक्रन भेरियन्टको त्रासले नयाँ उद्योग व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था समेत नरहेको उनको भनाइ छ । शुक्लागण्डकी उद्योग वाणिज्य संघको तेस्रो साधारण सभालाई सोमबार सम्बोधन गर्दै ढकालले पुँजी अभावले व्यवसाय सञ्चालनमा समेत कठिनाइ भएको बताए ।…