काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार राताम्मै भएको छ । यसअघि मंगलबार १७.३६ अंकले बढेको सेयर बजार बुधबार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १३.६८ अंकले घटेर १८९२ को विन्दुमा झरेको छ । बुधबार सबै उपसूचकहरु ओरालो लागेको छ । यसैगरी, २६४ कम्पनीको २५ लाख ७१ हजार २०२ कित्ता सेयर कारोबार…