२० मंसिर २०८२, शनिबार | December 6, 2025

एएफसी यू-१७ महिला कप छनोट : थाइल्यान्डलाई जित्नैपर्ने दबाबमा नेपाल

काठमाडौं । एएफसी एसियन यू-१७ महिला कप छनोट प्रतियोगितामा नेपालले आज घरेलु टोली थाइल्यान्डसँग निर्णायक खेल खेलेर प्रतिस्पर्धा गर्दैछ । नेपालका लागि आजको खेल ‘डु-ओर-डाइ’ अर्थात जित्नैपर्ने अवस्थामा छ । समूह चरणको यो अन्तिम खेलमा जित निकाल्न सके नेपालले आगामी वर्ष चीनमा हुने एएफसी यू-१७ महिला कपमा स्थान बनाउन सक्छ । थाइल्यान्ड भने आफ्नो अपराजित…