काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको सेमिफाइनलमा अन्तिम समयमा गोल खाँदा नेपाल बंगलादेशसँग २-१ ले पराजित भएको छ । बुधबार भारतको गोवास्थित जवाहरलालनेहरू रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा अग्रता जोगाउन नसक्दा नेपाल उपाधि यात्राबाट बाहिरिएको हो । नेपालले खेलको २३ औँ मिनेटमा अग्रता लिएको थियो । दीपा शाहीको कर्नरबाट सिर्जना भएको अवसरमा गीता…