काठमाडौं । टी–२० विश्वकप छनोट खेलको फाइनलमा नेपालले ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भैरहेको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपालले गुल्सन झा र क्याप्टेन रोहित पौडेलको अर्धशतकीय पारीसँगै १८४ रनको सम्मानजनक स्कोर बनाउन सकेको हो । निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै नेपालले १८४ रन बनायो ।…