११ चैत्र २०८१, सोमबार | March 24, 2025

जोर्डनलाई हराउँदै कतारले जित्यो एशियन कपको उपाधी



काठमाडौं । कतारले लगातार दोस्रो पटक एशियन कपको उपाधी जितेको छ । शनिबार राति सम्पन्न फाइनल खेलमा जोर्डनलाई ३-१ गोल अन्तरले पराजित गर्दै कतारको एशियन कपको उपाधि जितेको हो ।

कतारको जितमा आक्रम अफिफले ह्याट्रिक गरेका थिए । उनले तिनै गोल पेनाल्टीबाट गरेका थिए । त्यसैगरी जोर्डनका लागि एक गोल यजन अल नैमतले गरेका थिए ।

यस अघि २०१९ मा पहिलो पटक विजेता बनेको कतारले लगातार दोस्रो पटक उपाधि जितेको हो । कतार लगातार दोस्रो पटक एशियन कप जित्ने चौथो देश बनेको छ ।

यस अघि साउदी अरेबियाले १९८४ र १९८८ मा, इरानले १९६८ र १९७२ मा तथा दक्षिण कोरियाले १९५६ र १९६० मा एशियन कप जितेको थियो ।

योसँगै पहिलो पटक फाइनलमा पुगेको जोर्डन उपविजेता बनेको छ ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ७ : ३६ बजे

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको पहल

काठमाडौं । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल थालिएको छ

बुटवलमा थप १ सय ६९ ईरिक्सालाई संचालन अनुमतिपत्र

बुटवल । बुटवल उपमहानगरपालिकाले नगरभित्र अव्यवस्थित ईरिक्सा संचालनको गुनासो आईरहेको

नेपाल र चीनका पर्यटन व्यवसायीबीच ‘व्यवसायिक साझेदारी बैठक’

सिचुवान । पोखरा र चीनको सिचुवान प्रान्तको छोङछिङ नगरका पर्यटन

स्थानीयतहको विज्ञापन स्थानीय सञ्चार माध्यमलाई उपलब्ध गराउन पत्रकार महासंघकको आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले स्थानीय विज्ञापन स्थानीय

डाँफे कप फुटबल : भिलेज होप डुडुवा विजयी

खजुरा । बाँकेको खजुरामा जारी १० औं डाँफे कप नकआउट