गलेश्वर । म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटका युवाले रु २२ लाखमा खेल मैदान निर्माण गरेका छन् । सदरमुकाम बेनी बजारदेखि १५ मिनेटको दूरीमा रहेको बगरफाँट गाउँका युवाले खेलकुदको माध्यमद्वारा गाउँलाई चिनाउने र समाजलाई सङ्गठित बनाउने उद्देश्यले सो खेल मैदान बनाएका हुन् । युवाकै अगुवाइ र पहलमा बगरफाँटमा ५५ मिटर चौडाइ र सय मिटर लम्बाइको खेल मैदान…