१७ असार २०८३, बुधबार | July 1, 2026

जिम्बावेविरूद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपालका ओपनर कुशल भुर्तेलले घरेलु टिम जिम्बावेविरूद्ध अर्धशतक प्रहार गरेका छन् । हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनर कुशलले ६३ बलमा अर्धशतक प्रहार गरेका हुन् । ब्याटिङमा कुशललाई साथ दिइरहेका आसिफ शेख २९ रनमा खेलिरहेका छन् । भुर्तेल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा…