काठमाडौं । एसिसी पुरुष यु-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ६ विकेटको सहज जित हात पारेको छ । मलेसियामा आइतबार भएको खेलमा नेपालले ३३.३ ओभरमा १३९ रनको लक्ष्य चार विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि प्रसिद्ध जैसीले नटआउट ५५ रन बनाए । यसअघि कप्तान विपिन शर्माले घातक बलिङ गरेपछि टस…