१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

फिफा वरियतामा नेपालको सुधार

काठमाडौं । फिफा वरियतामा नेपालले तीन स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ (फिफा)ले आज सार्वजनिक गरेको पुरुष फुटबलको नयाँ वरियतामा नेपालले तीन स्थान सुधार गर्दै १६८औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १७१औँ स्थानमा रहेको थियो । नेपाल दक्षिण एशियाली राष्ट्रको वरियतामा तेस्रो स्थानमा छ । गत मे महिनाको…