काठमाडौं । काठमाडौंमा सञ्चालित थ्री नेसन्स कप फुटबलको उपाधि नेपालले हात पारेको छ । सोमबार दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २-१ ले पराजित गर्दै नेपालले उपाधि हात पारेको हो । नेपालका लागि १८ औं मिनेटमा सञ्जोग राई र ४२ औं मिनेटमा विशाल राईले गोल गरेका थिए । बंगलादेशले ८३ औं मिनेटमा गोल फर्काएको थियो…