चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेललाई भेट गरेका छन् । सत्ता गठबन्धनले आज भरतपुरमा गर्न लागेको चुनावी सभाअघि रामचन्द्रले मेयरमा बागी उम्मेदवारी दिएका जगन्नाथसँग कुराकानी गरेका हुन् । जगन्नाथले कांग्रेसले भरतपुरको मेयर पाउनुपर्ने अडान राख्दै आएका थिए । माओवादी केन्द्रका रेणु दाहालले गठबन्धनको…