काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार र निर्वाचन प्रतिनिधिलाई आचारसंहिता विपरीत पोष्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले जस्ता प्रचारात्मक सामग्री प्रयोग नगर्न आदेश दिएको छ । केही स्थानमा यस्ता प्रचारात्मक सामाग्रीको प्रयोग भएको सूचना आएपछि आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त आदेश दिएको हो । ‘कतिपय स्थानमा कानूनले वर्जित गरेका यस्ता कार्य…