२८ असार २०८३, आइतबार | July 12, 2026

खजुरामा मतान्तर घटाउँदै तुफान, मल्ललाई भेटाउन अव ३१५ मत आवश्यक



खजुरा । खजुरा गाउँपालिकाको निर्वाचनमा लगातार अग्रता लिँदै आएका एमाले उम्मेदवार सुमन मल्लसँग दुरी घटाउँदै गठबन्धनबाट माओवादी उम्मेदवार डम्बर बिक तुफानले मल्लको नजिकै पुगेका छन् । दिभरी ८०० को हाराहारीमा मतान्तर रहेपनि साँझ १० बजेको अपडेटमा दुरी घटेर ३१५ मा पुगेको छ ।

गठबन्धन तर्फका उम्मेदवार तुफानले वडा नम्बर ५ मा गएर आफनो मतसंख्या बढाउँदै मतान्तर घटाएका हुन् । खजुराबाट प्राप्त पछिल्लो परिणाम अनुसार कुल १४३३६ मत गणना गर्दा एमालेका सुमन मल्लले ६६०० मत पाएका छन् भने गठबन्धनका तुफानले ६२८५ मत पाएका छन् ।

अहिले गणना भैरहेको ५ नम्बर वडाबाट गठबन्धनको ६१३ मत ल्याउँदा एमालेले २४९ मत पाएको छ ।

खजुरा गाउँपालिकाको उपाध्यक्ष भने गठबन्धकी मन्जु मल्लले १९८ मतले मतान्तरले अग्रता लिएकी छन । उनले ५८५१ मत पाउँदा एमालेकी ताजरुन निशाले ५६५३ मत पाएकी छिन ।

८ वटा वार्ड भएको खजुरामा माओवादीले २ स्थानमा र एमाले र कांग्रेसले १-१ स्थानमा वडा अध्यक्ष जितेका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  १० : ४८ बजे

मोदीखोलाको बाढीले घर, होटल र पुल बगायो, घान्द्रुक सडक अवरुद्ध

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलामा आज आएको

लुम्बिनी वास्तु सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-५, मणिग्राममा आयोजित लुम्बिनी वास्तु सम्मेलन-२०८३

राप्तीमा बेपत्ता एक जनाको शव फेला

नेपालगन्ज । बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली

गणेश नेपाली प्रकरण : सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको