काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत बन्दसत्र भोलि सुरु हुने भएको छ । माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन आइतबार काठमाडौंमा सम्पन्न भएको हो । उद्घाटनसत्र सकिएसँगै भोलिबाट बन्दसत्रको कार्यक्रम सुरु हुने माओवादी केन्द्रले जनाएको छ । नेता जनार्दन शर्माका अनुसार भोलि विहान ११ बजेबाट बन्दसत्रको कार्यक्रम सुरु हुने छ । देशभरबाट माओवादीका प्रतिनिधिहरु…