काठमाडाैं । सत्तारुढ नेपाली काँग्रेसले आफ्नो कानुनी बैधानिकताको क्रम पुरा गरेको छ । भदौ १८ गते वडा अधिवेशनबाट सुरु भएको बैधानिक प्रक्रियालाई मंसिर अन्तिममा महाधिवेशन मार्फत सम्पन्न गरेर काँग्रेसले पार्टीको वैधानिकताको क्रमलाई पुरा गरेको हो । महाधिवेशनलाई निर्वाचन आयोगले बैधानिकता दिँदै पार्टी अध्यावधिक गरेपछि कांग्रेस पार्टीको बैधानिकता पनि जोगिएको छ । ०७२ फागुनमा १३ औं…