बुटवल । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा संस्थापन पक्षबाट महासचिवका सम्भावित दाबेदार मानिएका गृहमन्त्री बालकृष्ण खाँण आफ्नै प्रदेशमा भने कमजोर देखिएका छन् । लुम्बिनी प्रदेश र जिल्लाहरूको अधिवेशनको नतिजाका आधारमा कांग्रेस केन्द्रीय सदस्य खाँण कमजोर देखिएका हुन् । कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशनअन्तर्गत भएको निर्वाचनमा सभापतिमा रामचन्द्र पौडेल समूहका अमरसिंह पुन निर्वाचित भएका छन् । बिहान…