१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

प्रदेश २ को नाम र राजधानी टुंग्याउन मतदानको तयारी

जनकपुरधाम । प्रदेश २ को नाम र स्थायी राजधानीको दलीय सहमति जुट्न नसकेपछि अन्ततस् मतदानबाटै टुंगो लाग्ने भएको छ । सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समितिले नामका लागि चार र राजधानीका लागि तीन वटा प्रस्ताव राखे पनि सहमति जुट्न नसकेपछि मतदान हुने भएको हो । समितिले आइतबार प्रदेश सभामा प्रतिवेदन पेस गरिसकेको छ ।…