२५ कार्तिक २०८२, मंगलबार | November 11, 2025

नेकपा एकीकृत समाजवादीले एमसीसी संसदमा टेवल गर्न नरोक्ने



काठमाडौं । नेकपा एकीकृत समाजवादीले एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्न नरोक्ने तर संशोधन नगरि पास गर्न नदिने निर्णय गरेको छ । आज बसेको पार्टी स्थायी कमिटीको दोस्रो बैठकले यथास्थितीमा एमसीसीलाई संसदबाट पास गर्न नसकिने निर्णय गरेको सो पार्टीले जनाएको छ । यथास्थितिमा एमसीसीलाई पारित गर्न नसकिने स्थायी कमिटीले सर्वसम्मत रुपमा निर्णय गरेको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता खतिवडाले संशोधन गरेरमात्र पारित गर्न सकिने पार्टीको पुर्ववत धारणालाई नै बैठकले सदर गरेको स्पष्ट पारे । यसबारे थप निर्णय गर्नुपरे बैठकले थप अधिकार केन्द्रीय सचिवालयलाई दिएको पनि खतिवडाले जानकारी दिए ।

टेबल गर्ने कुरामा हाम्रो धेरै आपत्ति छैन । तर यसका केही विषयहरू स्पष्ट हुनुपर्छ,’ उनले भने, ‘यसका लागि सहमति हुनुपर्छ । संसद्को अवरोध हट्नुपर्छ । अनि मात्र टेबल गर्ने वातावरण बन्नसक्छ ।’ जबरजस्ती टेबुल गरिने कुराको भने पार्टीले बिरोध जनाउने उनले बताए । जबरजस्ती टेबल गर्न नदिन आफूहरूको कोसिस रहने तर त्यसो गरिए त्यसबारे आवश्यक निर्णय सचिवालयले गर्ने खतिवडाको भनाइ छ ।

एमसीसीको बारेमा पार्टीको १२ औँ सचिवालय बैठकले झलनाथ खनालको संयोजकत्वमा प्रमेश हमाल, विजय पौडेल र जगन्नाथ खतिवडासहितको अध्ययन कार्यदलको बनाएको थियो । सो कार्यदलले १४ औँ बैठकमा एमसीसीबारे प्रस्तुत गरेको रिपोर्टमा बिना संशोधन पास गर्न नहुने बताइएको थियो । बैठकमा एमसीसीको रिपोर्टबारे खनालले विवरण प्रस्तुत गरेका थिए । आजको बैठकमा २५ सदस्यले धारणा राखेका थिए ।

एमसीसीबारे सत्ता गठबन्धनमा विवाद रहेको छ । विवादका कारण प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि त्यसलाई संसद्मा टेबल गर्न सकिरहेका छैनन् ।

 

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ४ : ०२ बजे

कुलमान घिसिङको नाम जोडिएको ‘उज्यालो नेपाल पार्टी’ ले बुझायो अद्यावधिक विवरण

काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङको समर्थन रहेको भनिएको ‘उज्यालो नेपाल

अर्घाखाँची सिमेन्टलाई अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले डेडिकेटेड तथा ट्रंकलाइन महसुल विवादमा अर्घाखाँची

गोरुसिङ्गे–सन्धिखर्क सडक दैनिक छ घण्टा बन्द हुने

अर्घाखाँची । सडक मर्मत तथा स्तरोन्नतिको लागि गोरुसिङ्गे सन्धिखर्क सडक

‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुन सञ्चारमन्त्री खरेल कोरिया प्रस्थान

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौ। आइएमई लिमिटेडले २०८२ कात्तिक २५ गते मंगलबार, काठमाण्डौंमा २५