१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक जारी



काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ ।

अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा निर्णायक छलफल गर्न भन्दै गठबन्धनका शीर्ष नेताहरु बैठकमा बसेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको बैठकमा मध्यमार्गी बाटो खोजेर एमसीसी संसदमा पेश गर्ने विषयमा छलफल हुन लागेको हो । यसअघि शनिबार बसेको शीर्ष नेताहरुको अनौपचारिक बैठकमा एमसीसी संसदमा पेश गर्ने तर भोट गर्ने विषयमा सांसदहरुलाई स्वतन्त्र छोड्ने सहमति भएको बताइएको थियो ।

एमसीसीकै कारण गठबन्धन नै धरापमा पर्ने भएपछि साझेदार दलहरु एक कदम पछि हट्दै सहमति खोज्न प्रयासरत रहेको बताइएको छ । एमसीसकै कारण शक्ति राष्ट्रहरु समेत प्रतिक्रियामा उत्रिन थालेपछि दलहरु थप दबाबमा परेका छन् ।

बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई उपस्थित छन् ।

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । सहमति जुटेमा सरकारले आजै संसदमा एमसीसी टेबल गर्नेछ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  १० : ४१ बजे

देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान

नेपालगन्ज विमानस्थलबाट राँझा चोकसम्म नि:शुल्क बससेवा

नेपालगन्ज । हवाई यात्रुलाई आवतजावतमा सहजता प्रदान गर्ने उद्देश्यले नेपालगन्ज

उपचारका क्रममा विरामीको मृत्यु भएपछि भेरी अस्पतालमा तनाव, ओपिडी सेवा बन्द

नेपालगन्ज । उपचारका क्रममा मृत्यु भएकी एकजना मृतकका अफन्तहरुले अस्पतालका

शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले थुनामा रहेका नेपाल उद्योग वाणिज्य महासंघका

गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका अधिकांश ताल सुक्न थालेपछि