१६ भदौ २०८३, मंगलबार | September 1, 2026

सत्ता गठबन्धनको बैठक बस्दै, एमसीसीमा जुट्ला सहमति ?



काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताबारे छलफलल गर्न आज सत्तारुढ गठबन्धनको बैठक बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बस्ने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । उनका अनुसार आज बिहान १० बजे पाँचै दलको बैठक बस्दै छ ।

एमसीसीको विषयलाई लिएर पाँचै दलबीच मतभिन्नता छ । नेपाली कांग्रेस एमसीसी पक्षमा छ भने नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चा विरोध गरिरहेका छन् ।

त्यस्तै, नेकपा (एकीकृत समाजवादी)ले संसद्मा पेश हुन नरोक्ने तर, संशोधन भएसम्म यसको पक्षमा नउभिने जनाएको छ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्ष पारित गर्ने पक्षमा छ भने अध्यक्ष उपेन्द्र यादव पक्ष पारित गर्न नहुने पक्षमा देखिएको छ ।

प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले भने यसको विषयमा कुनै निर्णय गर्न सकेको छैन । यस विषयमा निर्णय गर्ने जिम्मामा शीर्ष नेताहरुलाई दिएको छ ।

आज बस्ने गठबन्धनको बैठकले निकास दिने गरी निर्णय गर्ने जनाइएको छ । आजै दिउसो १ बजे प्रतिनिधिसभाको बैठक पनि बस्न लागेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ७ : २९ बजे

रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ चिमखोलाका किसानले व्यावसायिक चौँरीपालन सुरु

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

मुस्ताङ । जिल्लाको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट

‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र

सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

डडेल्धुरा । सुदूरपश्चिमको जीवन्त मौलिक पर्व गौरा आजदेखि विधिवत् रूपमा

बेत्रावतीमा बाढीले पुरिएको घरभित्र २२ जनाको शव भेटियो

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका-१०, बेत्रावतीमा बाढीले पुरिएको एउटै घरभित्र