६ पुस २०८२, आइतबार | December 21, 2025

रुपन्देही एमालेको समानान्तर कमिटी नेकपा एकिकृत समाजवादीमा रुपान्तरित, राजु गुरुङ अध्यक्ष

बुटवल । रुपन्देहीमा एमालेको समानान्तर कमिटी संचालन गर्दै आएको नेपाल पक्षको रुपन्देही जिल्ला कमिटीले आज सर्वसम्मतरुपमा माधव नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) मा रुपान्तरित हुने निर्णय गरेको छ । आज रुपन्देहीको बुटवलमा सम्पन्न समानान्तर कमिटीको बैठकले सिङ्गो कमिटी नेकपा (एकिकृत समाजवादी)मा रुपान्तरित हुने निर्णय गरेको हो । समानान्तर कमिटीका अध्यक्ष राजु गुरुङको अध्यक्षतामा बसेको बैठकमा…