११ बैशाख २०८१, मंगलबार | April 23, 2024

आज देशभर एमाले जिल्ला अधिवेशन, ओलीले भर्चुअल उद्घाटन गर्ने



काठमाडौं । नेकपा (एमाले)ले आज देशभर जिल्ला अधिवेशन गर्दैछ । प्रतिकूल माैसमका कारण केही हिमाली जिल्ला र तयारी नपुगेका बाहेक जिल्लामा भने अधिवेशनकाे अर्काे मिति तय हुनेछ ।

एमालेका अध्यक्ष केपी ओलीले बिहान ११ बजे जिल्ला अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नेछन् । केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

एमालेको १०औं महाधिवेशन गत मंसिरमै सकिए पनि जिल्ला अधिवेशन एकसाथ उद्घाटन हुन लागेको हो ।

जिल्ला तहमा पनि सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्न केन्द्रले निर्देशन दिएको छ । जिल्ला तथा प्रदेश अधिवेशनका लागि दशौं राष्ट्रिय महाधिवेशनको लागि निर्धारण गरिएका पार्टी सदस्यलाई नै आधार बनाउन एमालेले सर्कुलर गरेको छ ।

जिल्ला अधिवेशन सकिए लगत्तै प्रदेश सम्पर्क कमिटी र प्रदेश संगठन कमिटीको अधिवेशनको तयारी थाल्ने एमालेले जनाएको छ । एमालेको प्रदेश अधिवेशन भने माघ ८ गतेका लागि तोकिएको छ ।

 

 

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ७ : १२ बजे

बुटवलमा ३ दिने भलिबल प्रतियोगिता शुरु

बुटवल । बुटवलमा आजदेखि तिन दिने भलिबल प्रतियोगिता शुरु भएको

राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीको आयोजनामा बुटवलमा रक्तदान

कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम

कतारमा पानी निर्यातको अवसर

काठमाडौं । नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि हासिल गर्नसक्ने