काठमाडौं । जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले लुम्बिनी प्रदेशसभामा जसपाबाट निर्वाचित ३ जना प्रदेशसभा सदस्यलाई कारबाही गरेको छ । मंगलबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले लुम्बिनी प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्यबाट कारबाही गरिएको कार्यकारिणी सदस्य मोहम्मद इस्तयाक राइले जानकारी दिए । जसपाको निर्णय विपरीत लुम्बिनी प्रदेश सरकारमा…