९ पुस २०८२, बुधबार | December 25, 2025

माधव नेपाललाई भेट्न कांग्रेस सभापति देउवा कोटेश्वरमा पुगे

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेपालनिवास कोटेश्वर पुगेका छन । देउवाको साथमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का पनि कोटेश्वर पुगेका छन । उनीहरूबीच भेटवार्ता जारी छ । देउवा निकै लामो समयपछि नेपालनिवास पुगेका हुन । यसअघि नेता नेपाल छलफलका लागि देउवानिवास जाने गरेका थिए ।