काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढी–पहिरो प्रभावितहरुको उद्दार र राहतमा सक्रिय बन्न पार्टीका नेता-कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । अध्यक्ष प्रचण्डले बुधबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै महाविपतको समयमा राहत र उद्दार कार्यमा आआफ्नो क्षेत्रबाट जुट्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् । प्रचण्डले मौसमविदहरुको पूर्वानुमानको ख्याल नगरी र विगतका प्राकृतिक प्रकोप न्यूनिकरण…