काठमाडौं । अन्ततः मुलुक पुनः प्रतिनिधिसभा विघटन हुँदै मध्यावधी निर्वाचनमा होमिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनाव घोषणा गरेकी छन् । प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा तोकिएको छ । मध्यरातमै बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा भंग गरी…