काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट सुरु भएको विद्रोहलाई अब क्रान्तिमा बदल्न बाँकी रहेको बताएका छन्। नख्खु कारागारबाट धरौटीमा रिहा भएपछि आइतबार पहिलोपटक केन्द्रीय कार्यालय वनस्थलीमा आयोजित कार्यक्रममा समर्थकलाई सम्बोधन गर्दै लामिछानेले जेनजीको विद्रोहलाई रास्वपाले नै संस्थागत क्रान्तिमा रूपान्तरण गर्ने दाबी गरे। उनले भने, “विद्रोह सुरु भइसकेको छ, त्यसलाई क्रान्तिमा बदल्न…