झापा । नेकपा एमालेले केहीसमय अघि गठन गरेको नेशनल भोलेन्टियर फोर्सको झापा कमिटी गठन भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला एवं निर्वाचन क्षेत्र समेत रहेको झापामा ६२ सदस्यीय नेसनल भोलेन्टियर फोर्स घोषणा गरिएको हो । एमालेको जिल्ला पार्टी कार्यालय झापामा शनिबार आयोजित कार्यक्रमबाट फोर्सको जिल्ला कमाण्डरमा विकास गिरी चयन भएका छन् ।…