काठमाडौं । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकासका क्रममा जननेता मदन भण्डारीको नेतृत्वमा प्रतिपादन गरिएको जनताको बहुदलीय जनवाद नै यतिबेलाको सबैभन्दा क्रान्तिकारी विचार भएको बताएका छन् । एमालेको जारी विधान महाधिवेशनमा संगठनात्मक प्रतिवेदन पेश गर्दे महासचिव पोखरेलले जनताको बहुदलीय जनवादका आधारमा विकास गरिएका कार्यक्रम, कार्यदिशा, नीतिहरू नै एमाले निर्माणका आधार भएको…