काठमाडौं । महाधिवेशनको मितिका विषयमा नेताहरुबीच कुरा नमिलेपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरि एकपटक स्थगित गरिएको छ। बिहीबार (आज) दिउँसो २ बजे बस्ने भनिएको बैठक स्थगित गर्दै पार्टीले नयाँ मिति तय गरेको हो। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार अब केन्द्रीय कार्यसमितिको बैठक आउँदो शनिबार .मंसिर ६) दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ।…