काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनमा सक्रिय रूपमा सहभागी हुने निर्णय गरेको छ। सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले माघ ११ गते निर्धारित राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन दुवैमा पार्टीले प्रतिस्पर्धा गर्ने औपचारिक निर्णय गरेको हो। कांग्रेसले सरकारलाई निर्वाचनमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ। निर्वाचन तयारीका लागि कांग्रेसले निर्वाचन आयोगमा…