काठमाडौं । नयाँ बानेश्वरमा आज प्रहरीसँग भएको झडपमा केही शिक्षक घाइते भएपछि नपाल शिक्षक महासंघले आकस्मिक बैठक बोलाएको छ । गत चैत २० गतेदेखि जारी रहेको शान्तिपुर्ण काठमाडौं केन्द्रित सडक आन्दोलनको २६औँ दिन प्रहरीसँग झडप भएपछि महासंघले आकस्मिक बैठक बोलाएको हो । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार आज दिउँसो ३ बजे बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा…