७ आश्विन २०८३, बुधबार | September 23, 2026

राजेन्द्र लिङदेनको अभिव्यक्तिप्रति संसदमा कांग्रेसको आपत्ति



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन प्रति नेपाली कांग्रेसले आक्रोश ब्यक्त गरेको छ।

गत संसद बैठकमा राप्रपा अध्यक्ष लिङदेनले कांग्रेस सह महामन्त्रीका छोराले भाटभटेनीवाट रक्सी चोरेको र तीनलाई प्रहरीले समातेर छाडेको भन्ने अभिब्यक्ति प्रति कांग्रेसले आज संसदमा जवाफ मागेको हो ।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले कांग्रेसका कुन सहमहामन्त्रीका कुन छोराले रक्सीको बोतल चोरेका हुन् रु त्यो राप्रपा अध्यक्ष लिङदेनले प्रमाणित गर्नुपर्ने धारणा राखेका छन् ।

‘नेपाली कांग्रेसका कुन चाँही सहमहामन्त्रीको कुन चाँही छोराले रक्सीको बोत्तल बोकेर हिँड्नुभएको हो त्यो प्रमाण पेस गर्नुपर्छ, होइन भन्ने उहाँको भनाइ रेकर्डबाट हटाउनुपर्छ,’ प्रमुख सचेतक घिमिरेले भने ।

लिङ्देनले शुक्रबारको प्रतिनिधिसभा बैठकमा भाटभटेनीमा रक्सी चोर्नेमा कांग्रेस सहमहामन्त्रीका छोरा पनि रहेको जनाए पनि नाम भने उल्लेख गरेका थिएनन् । तर, उनको सो अभिब्यक्ति पछि सह महामन्त्री महेन्द्रकुमार यादवका छोराले रक्सी चोरेको भनेर प्रचार भएको थियो ।

तर, यादवका दुवै छोरा डाक्टर रहेको र उनीहरू अध्ययनमा ब्यस्त रहेको भन्दै छोराहरू आकास र विकासले खण्डनसमेत गरिसकेका छन् ।

 

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  १२ : ०५ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११