काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फबाट निर्वाचित हुने २० जनाको नाम टुंगो लगाएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १५ जना महिला अनिवार्य रहने गरी २० जनाको नाम चयन गरेको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसका प्रवक्ता देवराज चालिसेले समानुपातिकतर्फ सिफारिस गरिएका २० जनामध्ये १५ जना महिला रहेको बताए । उनले…