११ पुस २०८२, शुक्रबार | December 26, 2025

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र पक्षधरहरूको सर्वदलीय बैठक आब्हान गरेका छन् । प्रधानमन्त्रीले संघीय संसदमा प्रतिनिधित्व गर्ने गणतन्त्र पक्षधर राजनीतिक दलहरूको सर्वदलीय बैठक बोलाएका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक साँझ ७ बजे सिंहदरबारमा बस्नेछ । प्रधानमन्त्री ओलीले आजै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग सम्वाद् गरेका छन् ।