काठमाडौं । आज सोमबार प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बस्दैछ। प्रधानमन्त्री कार्यालयमा अपरान्ह बस्ने बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विषयमा छलफल हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बस्ने बैठकमा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी नियुक्ति सिफारिस सम्बन्धमा छलफल…