काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीला भण्डारी निर्विरोध निर्वाचित भएकी छन्। आज बसेको राष्ट्रियसभा बैठकले भण्डारीलाई उपाध्यक्ष पदमा निर्वाचित भएको घोषणा गरेको हो। दलीय सहमतिअनुसार उक्त पदका लागि उनको मात्रै उम्मेदवारी परेको थियो। भण्डारीको प्रस्तावक एमालेका राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगाल थिए। यस्तै, नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकाय, जनता समाजवादी पार्टी नेपालकी सांसद पूजा…