२५ असार २०८३, बिहिबार | July 10, 2026

संसदमा प्रधानमन्त्रीको अनुपस्थित विरुद्ध कांग्रेसको विरोध जारी रहने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभाको बैठकमा अनुपस्थित हुने भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा आफ्नो विरोधलाई निरन्तरता दिने स्पष्ट पारेको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने संवैधानिक व्यवस्था स्मरण गराउँदै उनको अनुपस्थितिप्रति आपत्ति जनाए । उनले संविधानको धारा ७६ को उपधारा १० अनुसार प्रधानमन्त्री संसदप्रति…