काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीनकुनेमा राजावादीहरुले अराजकता फैलाउन प्रयास गरेको बताएका छन् । शुक्रबार भृकुटीमण्डमा आयोजित समाजवादी मोर्चाको जनसभालाई सम्बोधन गर्दै प्रचण्डले वातावरणलाई धमिल्याउन चाहने मण्डलेहरुले उत्तेजित र आतंकित पार्ने मनासाय देखाएको बताएका हुन् । ‘तीनकुनेमा मण्डले अराजकताको पराकाष्ठा भएको छ । त्यो सबै निरंकुशतावादीको प्रतीक भएको छ । घरमा…