काठमाडौं । सर्वोच्च अदालतले कुलमान घिसिङको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट आफुलाई सरकारले बद्नियतपूर्वक हटाएको जिकिर गर्दै घिसिङले दिएको रिट सर्वोच्चले हिजो दर्ता गरेको छ । सो रिटमाथि आज सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले घिसिङको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।…