७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रतिस्पर्धी र बहुदलीय व्यवस्था नेपालीको रोजाइको व्यवस्था : प्रधानमन्त्री ओली



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिस्पर्धी र बहुदलीय व्यवस्था नेपालीको रोजाइको व्यवस्था भएको बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई आफ्नो जीवन पद्धति मानेर सरकार र जनता चल्ने प्रणालीको अभ्यास नेपालले गरिरहेको बताएका हुन ।

उनले सरकार लोकतन्त्रका मूल्य मान्यता, देश र जनता प्रति समर्पित भएर सुशासनका निम्ति निरन्तर लागिरहने बताए । ‘संविधानको रक्षा र परिपालनमा सरकारका तर्फबाट कुनै कमी कमजोरी हँदैन’, उनले भने ।

कसैको पनि लोकतन्त्र प्रति मतमतान्तर नभएकोसमेत बताउँदै प्रधानमन्त्रीले त्यही हिसाबले देश अघि बढ्ने बताए ।

अहिले लोकतन्त्रका विरुद्धमा केही प्रवृत्ति देखिएको बताउँदै ओलीले गन्तव्य के हो भन्ने स्पष्ट दृष्टिकोण नभएकाहरू यसको विरुद्ध लागेका बताए ।’सामाजिक, नैतिकता र इमानको बन्धनको बेवास्ता गरेर चल्ने प्रवृत्ति देखिएको बताउँदै उहाँले यसबाट देशलाई मुक्त बनाउनु पर्ने बताउनुभयो । ‘समाजलाई विभिन्न ढङ्गले भड्काउन खोजिएको छ’, उनले भने ।

केही कमजोरीलाई देखाएर समाजलाई भड्काउने प्रयास भएको भन्दै उनले सरकार यस मामलामा सजग भएको बताए । बलिदान र संघर्षले यो व्यवस्था प्राप्त भएकोले यसलाई ख्याल ख्याल नगर्न ओलीले चेतावनी दिए । ‘धेरै जनताको रगत बगेको छ, एक जना, दुई जनाको होइन, धेरैको जीवन गएको छ’, ओलीले भने ।

अन्य शक्ति केही समयको लागि देखिन सक्ने भए पनि तिनीहरू दिगो नहुने उनले प्रष्ट पार्नुभयो । ‘दिगो भनेको लोकतन्त्र मात्रै हो, टिकाउ भनेको लोकतन्त्र मात्रै हो’, ओलीले भने ।

संविधान संशोधन प्रतिगमनको लागि हुन्छ भन्ने कुरा सोच्न पनि नसकिने ओलीले बताउँदै लोकतान्त्रिक शासन प्रणाली मिचेर जाने ठाउँ काहीँ पनि नभएको उनले जनाए । तानाशाहका विरुद्ध आफूहरू लडेर आएकोले सुशासन र विकासका काम, लोकतन्त्र र समावेशितालाई अझ प्रभाकारी बनाउन संविधान संशोधन गर्न सकिने उनले बताए । संविधान देश, जनता, सुशासन र समृद्धिका लागि चाहिएकोले त्यही अनुरूप संविधान संशोधन हुने उनले बताए । ‘संविधान असंशोधनधनिय दस्ताबेज होइन, संशोधनीय दस्ताबेज हो’, ओलीले भने ।

संविधानको सर्वस्विकार्यतालाई ध्यानमा राखेर संविधान संशोधन गर्न सकिने उनले बताए । संविधान संशोधन व्यापक छलफल गरेर मात्र गरिने ओलीले प्रष्ट पारे । संविधान प्रति सबैलाई माया भएको सबैले मिलेर परिमार्जन र संशोधन गर्ने ओलीले बताए ।

समाजमा सामाजिक मूल्य मान्यताकै बर्खिलाप हुने गरी केही ट्रेन चलेकाले त्यसलाई रोक्नु पर्ने ओलीले बताए । समाजलाई गाइड गर्नुपर्ने सांसदहरूले नै सामाजिक मूल्य मान्यता विपरीत बोल्ने र व्यवहार गर्ने हो भने समाजमा भएका गतिविधि विरुद्ध बोल्ने ठाउँ नहुने ओलीले बताए ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  २ : २८ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११